आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • याडिसन होटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

याडिसन होटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

 |  सोमबार, भदौ १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १६, २०८२

काठमाडौं-एनआईसी एशिया बैंक र काठमाडौंस्थित र्याडिसन होटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।सम्झौताअनुसार, बैंकका ग्राहकहरूले डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन्।

खाना, पेय पदार्थ तथा फिटनेस सेन्टरमा २० प्रतिशत तथा ​​​​​​एयरपोर्ट लाउन्ज एन्ड रेस्टुरेन्ट, पेस्ट्री शप र ट्रान्क्विलिटी स्पामा १५ प्रतिशत छुट उपलब्ध रहने बैंकले जनाएको छ।यो छुट सुविधा लिन बैंकको डेबिटरक्रेडिटरप्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

यस सहकार्यले ग्राहकहरूलाई लाभ पुग्नुका साथै डिजिटल तथा नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित: Sep 01, 2025| 15:48 सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्