मंगलबार, मंसिर १६, २०८२

सामसुङ ग्यालेक्सी ए-१७ फाइभजी नेपालमा सार्वजनिक,के-के छन फिचर?

 |  सोमबार, भदौ १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १६, २०८२

 

National life

काठमाडौं-सामसुङले आफ्नो लोकप्रिय ए(सिरिज अन्तर्गत नयाँ स्मार्टफोन 'ग्यालेक्सी ए-१७ फाइभजी' नेपाली बजारमा सार्वजनिक गरेको छ।आकर्षक डिजाइन, एआई सुविधाहरू र शक्तिशाली क्यामेरालाई मुख्य विशेषता बनाएको यो फोन मध्यम वर्गीय प्रयोगकर्तालाई लक्षित गरिएको छ।

६.७ इन्च सुपर एमोलेड ९९(हर्ज रिफ्रेस रेट) डिस्प्ले रहेको मोबाइलमा ५० मेगापिक्सेल ओआईएस मुख्य क्यामेरासहितको ट्रिपल क्यामेरा सेटअप छ।यसका अलावा जेमिनी लाइभ, सर्कल टु सर्चजस्ता एआई सुविधा रहेको फोनमा गोरिल्ला ग्लास भिक्टस र आईपी५४ धुलोरपानी प्रतिरोधी सुरक्षा छ।

६ वर्षसम्मको सुरक्षा र अपरेटिङ सिस्टम अपडेटको प्रतिबद्धता भएको फोन सार्वजनिक गर्दै सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले यसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई अझ स्मार्ट बनाउने विश्वास व्यक्त गरे।

यो फोन तीनवटा भेरियन्टमा उपलब्ध छ। ६र१२८ जीबी भएको फोनको मूल्य २८ हजार ९९९ रुपैयाँ, ८र१२८ जीबी भेरियन्टको मूल्य ३० हजार ९९९ रुपैयाँ र ८र२५६ जीबी भेरियन्टको मूल्य ३४ हजार ९९९ रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 01, 2025| 15:43 सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्