शुक्रबार, असोज १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एसियन थाई फुड्सको 'डेभिल्स हट चिकेन नुडल्स' सार्वजनिक

एसियन थाई फुड्सको 'डेभिल्स हट चिकेन नुडल्स' सार्वजनिक

 |  सोमबार, भदौ १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १६, २०८२

काठमाडौं-विगत २५ वर्षदेखि चाउचाउ उत्पादनमा सक्रिय तथा नेपालको सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता कम्पनी, एसियन थाई फुड्सले आफ्नो नयाँ उत्पादन 'डेभिल्स हट चिकेन नुडल्स' सार्वजनिक गरेको छ।कम्पनीले यसलाई 'नेपालकै सबैभन्दा स्वादिष्ट मसलेदार नुडल्स' भनी दाबी गरेको छ। यो उत्पादन भदौ १६, २०८२ देखि देशभरका बजारमा उपलब्ध हुनेछ।

Kumaribank

'नेपालकै उत्कृष्ट स्वाद, यो डेभिलिसियस छ' भन्ने नारासहित बजारमा आएको यो नुडल्समा मसलाको सन्तुलित र उत्कृष्ट स्वाद रहेको कम्पनीले जनाएको छ। यो विशेषगरी पिरो र मसलेदार स्वाद रुचाउने उपभोक्ताहरूलाई लक्षित गरिएको हो।

कम्पनीका निर्देशक आशिष जाजुले भने, 'यो केवल सामान्य चाउचाउ होइन, यो साहसिक स्वाद मन पराउनेहरूका लागि एक स्वादिलो चुनौती हो।’यसैगरी, व्यवस्थापकीय निर्देशक महेश जाजुले थपे, ‘हामी भर्खरै निजी लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएका छौँ र आईपीओ निष्कासनको तयारीमा छौँ।'

प्रति प्याकेट ५० रुपैयाँ मूल्य तोकिएको छ भने ५ प्याकेटको ‘फ्यामिली प्याक’ लाई २५० रुपैयाँ पर्नेछ। ग्राहकलाई थप आकर्षित गर्न हरेक प्याकेटभित्र एउटा चकलेट वेफर पनि निःशुल्क राखिएको छ।यो नुडल्स भाटभटेनी लगायत देशका प्रमुख खुद्रा पसलहरू तथा दराजजस्ता लोकप्रिय अनलाइन प्लेटफर्ममार्फत सजिलै खरिद गर्न सकिनेछ।

प्रकाशित: Sep 01, 2025| 15:38 सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्