बिहीबार, साउन १४, २०८३

थुनिएका कार्यकर्ता रिहाइ गर्न नेविसंघको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि नेविसंघ आन्दोलित बनेको छ। 

महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले नयाँ बानेश्वरमा गरेको प्रदर्शनका क्रममा ९० जना विद्यार्थी पक्राउ परेका छन्।

पक्राउ परेका कार्यर्तालाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ। नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले जारी विज्ञप्तिमा आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र रिहाई गर्न माग गरिएको छ। सरकारले शैक्षिक माफिया पोस्ने विधेयक ल्याएको भन्दै आफूहरुको त्यसप्रति असहमति रहेको नेविसंघले जनाएको छ।

पक्राउ परेका महामन्त्री काफ्लेसहित नेता कार्यकर्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।