काठमाडौं- सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभा बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि नेविसंघले सडक आन्दोलन गरिरहेको छ।
महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले नयाँ बानेश्वरमा जारी निषेधाज्ञा तोड्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो। निषेधाज्ञा तोडेर नेविसंघ प्रदर्शनमा उत्रिएपछि प्रहरीले महामन्त्री काफ्लेसहित ६० जना विद्यार्थीलाई पक्राउ गरेको छ।
महामन्त्री काफ्लेका अनुसार प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ। बल पूर्वक चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै आफूहरुले विधेयक फिर्ता हुनुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेकोमा प्रहरीले बल प्रयोग गरेको काफ्लेको आरोप छ।
यसअघि केसीको समर्थनमा प्रदशर्न गरिरहेका ४८ नागरिक समाज तथा स्वतन्त्र नागरिकहरु पनि पक्राउ परेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४