बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘तीन करोड नेपालीको स्वास्थ्यमाथि खेलबाड, अनशन रोकिन्‍‍न’

‘तीन करोड नेपालीको स्वास्थ्यमाथि खेलबाड, अनशन रोकिन्‍‍न’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएसँगै डा गोविन्द केसीले तीन करोड नेपालीको जीवनमाथि खेलबाड भएको प्रतिक्रिया दिएका छन्। 

अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डा केसीले तीन करोड नेपालीमाथि सरकारले गरेको धोका सह्य नहुने बताएका हुन्। 

उनले संसदले विधेयक पारित गरेपनि आफ्नो अडान कायमै रहने र अनसन पनि जारी रहने प्रतिक्रिया दिएका छन्। डा केसीले चिकित्सा शिक्षा सुधारका लागि मेरो अनसन निरन्तर रहने प्रतिक्रिया दिएका हुन्।

डा केसीको १६ औं अनशनको १७ औं दिन हो। दिनानुदिन उनको स्वास्थ्य निकै कमजोर बनेको छ। यसअघि डा केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्ने भन्दै डा केसीसँग नेकपा नेता सुवास नेम्वाङले हस्ताक्षर गरेका थिए। 

तर, सहमति विपरित आज चिकित्सा शिक्षा विधेयक बहुमत सदस्यको समर्थनमा पारित गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।