आइतबार, मंसिर २१, २०८२

यस्तो छ आजको राशिफल [२०८२ भदौ १३ गते]

 |  शुक्रबार, भदौ १३, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, भदौ १३, २०८२

मेष : पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ। लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ। स्वास्थ्य भरपर्दो रहनेछ। मानशिक शान्ति र आराम मिल्नेछ। आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला।

National life

बृष : पेट दुख्ने रोगले दु:ख दिने सम्भावना छ। आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ। त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला। घरमा नया“ समान किनमेल हुनेछ।

मिथुन :समय शुभ छ। व्यपारमा सबै प्रकारले लाभ मिल्नेछ। स्वास्थ्यले पनि राम्रो साथ दिनेछ। उठ्नुपर्ने रकम उठ्नेछ। राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ।

कर्कट : समय मध्यम खालको छ। कुनै पनि ठाउको भ्रमण गर्नु पनि उचित छैन। अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन्। त्यसैले जे काम गर्नुछ आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ।

सिंह : स्वास्थ्य भरपर्दो रहने छैन। गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन्। मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, ,द्खको समाचार प्राप्त हुन सक्नेछन्। जस्तोसुकै बाधा परेपनि निराश र हतास नहुनुहोला।

Laxmi sunrise bank
kumari

कन्या : जसको जे काम गर्नु छ, उही व्यक्तिसंग पैसा लिएर काम गर्ने गर्नुहोला। मानसिक चिन्ता थप्नेछ। नबोलाएको ठाउ“मा नजानु होला। बद्नाम अपमानको सम्भावना पनि छ। घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ।

तुला : पेशागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन्l स्वास्थ्य राम्रो रहनेछ। आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ। जमीन किन्नु छ आज किन्नुहोला l जताबाट पनि हर्ष र खुसीका खबरहरू प्राप्त हुनेछन्। समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला।

वृश्चिक : स्वास्थ्य भरपर्दो रहनेछ।नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ। मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधूप त्यति गर्नुपर्ने छैन। परिवारका सदस्यहरूबाट राम्रो सहयोग हुनेछ।

धनु : नबोलाएको ठाउमा जानुपर्नेछ। अनावश्यक मानसिक चिन्ता थप्नेछ। आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ। जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ।

मकर : आफन्त कुल कुटुम्बका व्यक्तिजन एवं मित्रजनसंग वैरभाव उत्पन्न हुनेछ। धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ।

कुम्भ : समय शुभ छ। दु:ख कष्टहरु हराउनेछन्। स्वच्छ, निश्चल सोचाइ बढ्नेछन्। विशेषगरी आज कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ। आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ।

मीन : घरमा नयाँ समान किनमेल हुनेछ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन। त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ। घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन्। अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला।

प्रकाशित: Aug 29, 2025| 06:33 शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्