फाइल फोटो
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेर सरकारले अधिनायकवादी शैली देखाएको आरोप लगाएका छन्।
यो विधेयकले मेडिकल माफियालाई मात्र पोस्ने उनले बताए। देउवाले भने, ‘सरकारले दुई तिहाइ बहुमतको दम्भमा विधेयक पारित गरेको छ। यसबाट हामीलाई बडो दुःख लागेको छ ।’
उनले चोरबाट सरकारले विधेयक पारित गरेको आरोप लगाउँदै भने, 'बैठक अघि पनि सभामुखले सहमतिमा अघि बढ्ने भनेर झुक्याए। बैठक सुरु भएपछि भने सभामुख हामीलाई बस्नुस्, बस्नुस् भन्दै चोरबाटो विधेयक पारित गर्न सरकारलाई सघाए।'
पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई खारेज गरेर सरकार एकतन्त्रीय शैली देखाएको पनि सभापति देउवाले बताए।
उनले भने, ‘गणतन्त्र स्थापना र संविधान लेखनमा दुवैजनाको ठूलो भूमिका छ । त्यसलाई सरकारले कुल्चिएको छ ।’ उनले अब कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४