मेष : आफन्तसँग मनमुटाव बढ्न सक्छ। आज काल योग परेकाले सवारी साधन चलाउँदा ख्याल गर्नुहोला। घर जग्गाको कारोबारबाट घाटा हुन सक्ने छ. राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ।
बृष : तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन्। माया प्रेममा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला। स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। समयमा काम सकाउन मुस्किल पर्नेछ
मिथुन : आज समय शुभ छ। लगानि गरि मनग्य आम्दानि गर्न सकिनेछ। विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ। पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। सवारी साधन प्राप्तिको योग रहेकोछ।
कर्कट : समय शुभ छ। मन खुशी रहनेछ। व्यवसायमा थप लगानी गर्ने वाताबरण बन्नेछ। प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला।ज्ञान सिक्ने समय रहेको छ।
सिंह : शुभ रहेको छ। पढाई लेखाईमा अन्यदिन भन्दा राम्रो प्रगति भएर जानेछ। प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ। घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ।
कन्या : काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम ,बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला। घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन्। नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ।
तुला : समय शुभ छ। लगानी गर्ने वातावरण बन्नेछ। व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ। पढाई लेखाईमा भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ। माया प्रेमको गाँठो झनै कसिने योग छ।
वृश्चिक : समय मध्यम खालको छ। पैसा माग्नेदेखि सजक रहनुहोला। काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ। आज काल योग परेकाले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला।
धनु : तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा सत्रुहरु सलबलाउँनेछन्। न्यायसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला। खानपानको ध्यान दिनुहोला ,माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ। सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ।
मकर : समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाईनेछ। तपाई आफ्नै कारणले मान सम्मानमा समस्या आउनेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ। विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ।
कुम्भ : समय राम्रा छन्। आज थालिएका जुनसुकै कामबाट भने जस्तै आम्दानी हुनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ। वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ।
मीन :आज शुभ छ। भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको योग रहेको छ। अरुको मन आफूतिर लोभ्याउन सकिनेछ। आज काल योग परेकाले सकभर यात्रा नगर्नुहोला त्यसमा पनि उत्तर दिशाको यात्रा राम्रो हुनेछैन। आर्थिक कारोबार हुन सक्नेछ। पाउनुपर्ने धन पनि प्राप्त हुनेछ।