आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकका ग्राहकले  होटल मार्फा प्यालेस १५ प्रतिशत छुट पाउने 

प्रभु बैंकका ग्राहकले  होटल मार्फा प्यालेस १५ प्रतिशत छुट पाउने 

 |  बुधबार, भदौ ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ११, २०८२

National life

पोखरा- प्रभु बैंक लिमिटेड र पोखरा स्थित मार्फा प्यालेस होटल बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। 

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (इधलभच) र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ। प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटल विच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन्। 

प्रकाशित: Aug 27, 2025| 15:54 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्