काठमाडौं– सहमति विपरीत चिकित्सा शिक्षा विधेयक जवरजस्ती पेस गर्न खोजेको भन्दै नेपाली कांग्रेसले संसदमै नाराबाजी सुरु गरेको छ। संसदीय मर्यादा कायम गर, दुई तिहाइको दम्भ बन्द गरलगायतका नारा लगाउँदै संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले घेराउ गरेको छ।
नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ।
कांग्रेसका सांसदहरुले सरको निर्णय सच्याउनु पर्ने माग गरेका छन्। दुई तिहाईको दम्भमा सरकारले संसद चलाउन नसक्ने भन्दै उनीहरुले उठेर नाराबाजी गर्दै बिरोध जनाइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...