बुधबार, चैत २५, २०८२

नेपाली ब्याटिङ नचल्दा युएईलाई ११४ रनको सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तरगतको पहिलो खेलमा नेपालले युएईलाई १ सय १४ रनको सामान्य लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ३३‍.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र  १ सय १३ रन बनाउन सक्यो । 

नेपालले पहिलो ओरभमा नै शुन्य रन हुँदा उपकप्तान ज्ञानेन्द्र मल्लाई गुमायो । ओपनर ज्ञानेन्द्र मल्ल खाता नै नखोली आउट भए । चार बल खेलका ज्ञानेन्द्र मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलाम साब्बरबाट क्याच आउट हुँदै पेभिलिएन फर्किए । 

त्यसपछि दोस्रो विकेटको रुपमा विनोद भण्डारीलाई गुमायो । उनको यो डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेदरल्याण्डविरूद्धको खेलमा विनोद टिममा थिएनन् । विनोद पनि नाभिदकै बलमा नेपालको १६ रन पुग्दा ६.१ ओभरमा आउट भए । 

उनी पनि विकेटकिपर गुलामबाट क्याच आउट हुँदै मैदान छोड्न बाध्य भए । त्यस पछि मैदान आएमा सोमपाल कामी र कप्तान पारस खड्काले नेपालको पारी केही उकास्ने प्रयार गरे पनि युएईका बलर सामु टिक्न सकेनन् । 

खड्का ३६ बलमा तीन चौकाको मद्दतमा २० रन जोड्दै आउट भए । त्यसपछि केही आसा पलाएका युवा खेलाडी दिपेन्द्र सिंह ऐरी पनि मैदानमा टिक्न सकेनन् । उनी मात्र दुई बल खेल्दै रन आउट हुँदै पेभिलिएन फर्किए । 

नेपाली स्केरलाई केहि माथि पुर्याएका सोमला पनि २०.५ ओभरमा इमरान हैडेरको बलमा एलबिडब्लु आउट भए । उनी नोपलको ७१ रन पुग्दा ३० रन जोडेर मैदान बाहिरिए । उनले ४७ बल खेल्दै तीन चौकाको मद्दतमा ३० रन जोडेका थिए । त्यस पछि झनै मध्यक्रमका ब्याट्सम्यान एक पछि अर्को गर्दै पेभिलिएन फर्किए । 

पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गरेका पवन सर्राफ पनि क्रिजमा टिक्न सकेनन् । उनी मात्र ४ रन जोड्दै आउट भए । तर, त्यस अघि मैदान प्रवेश गरेका आरिफ सेखले २५ रन जोड्दै नोपालको आकडा केहि माथि उकासे । उनले ४३ बल खेल्दै तीन चौकाको मद्दतमा २५ रन जोडे । युवा स्पिनर कलर सन्दीप लामिछानेले १५ रन जोडे । 

नेपाललाई सस्तैमा समेट्न युएईका लागि मोहमद नाभिद र आमिर हायातले समान तीन तीन विकेट लिए । त्यस्तै इमरान हैडेरले दुई तथा कादिर अहमदले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।