मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काँकडभिट्टा नाकबाट एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टा नाकबाट एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

 |  बुधबार, भदौ ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ११, २०८२

भद्रपुर- चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

National life

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ।

आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए।

पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ। उक्त अवधिमा रु ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने रु ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।

त्यसैगरी, रु २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र रु एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ।

Shivam cement

प्रकाशित: Aug 27, 2025| 08:13 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्