बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

 |  बुधबार, भदौ ११, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ११, २०८२

vianetvianet

काठमाडौं- सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ।

Kumaribank

अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो। यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्।

यसअघि उखु किसानहरुले प्रतिक्विन्टल ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए। कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ उपलब्ध गराउने निर्णय भएको थियो।

यसैबीच काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भएका थिए।

Metro Mart

उखु किसानका तर्फवाट श्यामबाबु रायलगायत सहभागी भएका थिए। यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए।

प्रकाशित: Aug 27, 2025| 08:03 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्