बिहीबार, साउन १४, २०८३

बानेश्वरबाट विवेकशीलका कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विवेकशील नेपाली दलका कार्यकर्ता पक्राउ परेका छन्। डा. गोविन्द केसीको १५ औं अनशनका क्रममा सरकारले गरेको सम्झौताको कपी लिएर संसद भवन जाँदै गरेका उनीहरुलाई प्रहरीले संसद भवन अगाडिको पानी ट्याङ्की अघिबाट गिरफ्तार गरेको हो।

उनीलाई प्रहरीले भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखेको छ। गिरफ्तार हुनेमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की, अजिता राई, डा‍. दिनेश प्रसाईं, अम्बिका कार्की लगायतका १८ जना छन्। 

यसैगरी प्रहरीले संसद भवन बाहिर सुरक्ष व्यवस्था कडा पारेको छ। १ नम्बर गेट अगाडि स्वतन्त्र नागरिक समाजले गरेको प्रदर्शनमाथि पनि प्रहरीले हस्तक्षेप गरेको छ। १ नम्बर गेटबाट पनि केही प्रदर्शनकारी पक्राउ परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।