काठमाडौं-विश्वको अग्रणी स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन 'ओप्पो फाइन्ड एन-५' सार्वजनिक गरेको छ। केवल ८.९३ मि.मि. पातलो र २२९ ग्राम तौल भएको 'ओप्पो फाइन्ड एन५' विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल हो। यसमा ८.१२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो, र ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिन्छ । यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ। स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म मा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट परफर्मेन्स अनुभव दिन्छ।
'ओप्पो फाइन्ड एन५' पहिलो फोल्डेबल हो जसले आईपीएक्स-९ वाटर रेजिस्टेन्स प्राप्त गरेको छ। यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सन हिंज प्रयोग गरिएको छ जसले उच्च स्तरको मजबुती सुनिश्चित गर्छ। यसमा पहिलो पटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएको छ, जसले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउँछ। कलरओएस १५ मा आधारित यसमा कॉल समरी, डुअल-स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आइओएस डिभाइसहरूसँग सिमलेस कनक्टिभिटी जस्ता फिचरहरू छन्। यो १६ जीबी राम + ५१२ जीबी स्टोरेज भर्सनमा रु. २,४९,९९९ मा उपलब्ध छ र शून्य प्रतिशत ईएमआई योजनासहित बिक्री सुरु भएको छ ।
डिजाइन र मजबुतीः
डिस्प्लेः
ब्याट्री र परफर्मेन्सः
ह्यासलब्लाड क्यामेरा सिस्टमः
मूल्य र उपलब्धताः
'ओप्पो फाइन्ड एन५' हालै नेपालमा उपलब्ध छ। १६ जीबी र्याम + ५१२ जीबी स्टोरेज भर्सनको मूल्य रु. २,४९,९९९ निर्धारण गरिएको छ। ग्राहकहरूले शून्य प्रतिशत (०%) ईएमआई योजना अन्तर्गत ४०% डाउन पेमेंट र १२ महिना किस्ता सुविधा प्रयोग गर्न सक्नेछन्।
ओप्पो बारेमाः
ओप्पो एक विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो। सन् २००८ मा पहिलो मोबाइल फोन “स्माइली फेस” सार्वजनिक गरेदेखि ओप्पोले निरन्तर डिजाइन र नयाँ प्रविधि मा ध्यान केन्द्रित गर्दै आएको छ। हाल ओप्पो ७० भन्दा बढी देशहरूमा सञ्चालन भइरहेको छ र ४०,००० भन्दा बढी कर्मचारीहरूसहित फाइन्ड सिरिज, रेनो सिरिज, कलरओएस तथा अन्य डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ।