बिहीबार, साउन १४, २०८३

अब धनगढीबाटै श्रम स्वीकृति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी – बैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरुले शुक्रवारबाट धनगढीमै श्रम स्वीकृति पाउने भएका छन्। 

प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले एक कार्यक्रमका बीच उद्घाटन गरे। धनगढीबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि सुदूरपश्चिमका युवाहरुलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ।

बैदेशिक रोगजार विभागबाट आएको टोलीले पुनः श्रम स्वीकृति दिनका लागि सर्भर र सफ्टवेयर ईनश्टल गरी जाँच गरेपछि तयारी पुरा भएको जोशीले बताए। श्रम कार्यालयका सूचना अधिकारी जयदेव विष्टले विभागले एक जना भाषा अनुवादक पठाएको र एक जना कम्प्युटर अपरेटर कार्यालयले नियुक्त गरेको बताए। 

श्रम कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेपनि एक जना निमित्त प्रमुख र एक जना सुब्बा मात्रै कार्यरत छन्। करारमा दुई जना कार्यालय सहयोगी राखेर श्रम कार्यालय सञ्चालन गरिएको छ। कार्यालयमा उपसचिवको दरबन्दी रहेपनि सरकारले नपठाउँदा निमित्तको भरमा श्रम कार्यालय चलेको छ।

सामाजिक विकास मन्त्रालय मातहतको श्रम तथा रोजगार कार्यायमा रहेको रोजगार सूचना केन्द्रको कक्षबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ। बैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाग गुरागाइँले पुनः श्रम स्वीकृति दिने कामसबै प्रदेशमा गति लिएपछि बाँकी सेवा विस्तारको लागि प्रक्रिया अगाडि बढाइने बताए।

बैदेशिक रोजगार विभागले यसअघि सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ बाहेकमा पुनः श्रम स्वीकृत दिन थालेको छ। विभागका अनुसार प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेत श्रम कार्यालयबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।