काठमाडौं-नेपालमा एमजीका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा। लि।ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष अफर ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले एमजीका गाडीहरू एमजी-४ इभी, एमजी कमेट इभी, एमजी जेडएस इभी, एमजी एस-५ इभी, एमजी विन्डसर इभी र एमजी आइएमट इभी खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्।
कम्पनीले रु। ४ लाखसम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स तथा निःशुल्क ३ किलोवाट वा ७ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने जनाएको छ।
अफर २०८२ भदौ ६ गतेदेखि कार्तिक १० गतेसम्म नक्साल र थापाथलीस्थित एमजी शोरूमहरूमा लागू हुनेछ। कम्पनीका महाप्रबन्धक सुनील बबहादुर क्षेत्रीका अनुसार पर्वहरू खुसी र एकताको प्रतीक भएकाले ग्राहकलाई विशेष अनुभव दिलाउने उद्देश्यले योजना ल्याइएको हो।
थप जानकारीका लागि ग्राहकले एमजी नेपाल वेबसाइट वा नजिकको शोरूम सम्पर्क गर्न सक्नेछन्।