सोमबार, चैत २, २०८२

कंगोका राष्ट्रपति सपथ खादाखादै ढलेपछि ...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
किन्शास-  कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएर ढलेका छन् । बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी विरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उनले देशको नेतृत्व गर्न लागेकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो । राज्यद्धारा संचालित टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरिरहेको सो ऐतिहासिक कार्यक्रममा मन्तव्य दिईरहेका बेला उनी ढलेका हुन् । उनले बोल्ने क्रममा मलाई “असहज महुशस भयो” भनेका थिए। त्यसपछि उनको बोली रोकिएको थियो । 

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका छन् । उनी कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस)का प्रमुख हुन् । यो दल उनकै बुबा इटीनले स्थापना गरेका थिए । 

चुनावी प्रचार अभियानका क्रममा शिसेकेडीले कङ्गोमा कानुनी शासन पुनस्र्थापित गर्ने, भ्रष्टाचार विरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतिज्ञा गरेका थिए । 

गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षपछि निर्वाचन भएर पहिलो पटक सत्ता हस्तान्तरण भएको हो भने निर्वाचनबाट विपक्षी नेता सिसेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । 

हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन । राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । 

खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा सन् २००६ र २०११ मा भएका चुनावमा रक्तपातपूर्ण हिंसात्मक घटना भएका थिए । सन् १९९६ र २००३ को बीचमा भएका दुईवटा युद्धका कारण यहाँ विदेशी सैनिक ल्याउनुपरेको थियो जसका कारण लाखौंको ज्यान गएको थियो । एएफपी
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।