आइतबार, वैशाख २०, २०८३

मेची भन्सार कार्यालयमा आयात र निर्यात घट्यो

 |  सोमबार, भदौ ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ९, २०८२

झापा- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका वस्तु आयात भएका छन्।

National life

यो गत आव २०८१ र ८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जानकारी दिए। उहाँका अनुसार गत आवमा तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो।

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ। चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा रु एक अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो।

कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाखले बढेको छ। गत आव २०८१/८२ को साउन महिनामा एक अर्ब ११ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो।

प्रकाशित: Aug 25, 2025| 07:05 सोमबार, भदौ ९, २०८२
प्रतिक्रिया दिनुहोस्