आइतबार, वैशाख २०, २०८३

नामीले ‘नामी ०१’ को एनिभर्सरी मनायो

 |  आइतबार, भदौ ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ८, २०८२

काठमाडौं- नेपालमै पहिलोपटक सार्वजनिक भएको इलेक्ट्रिक ह्याचब्याक नामी ०१ ले आफ्नो एक वर्ष पूरा गरेको छ।२२ अगस्ट २०२४ मा सोल्टी होटलमा सबिन राई एण्ड द फ्यारोको लाइभ कन्सर्ट र फेशन शोका साथ डेब्यु गरेको नामी ०१ छोटो समयमै नेपालको सबैभन्दा सफल ईभीमध्ये एक बनेको छ।

National life

सार्वजनिक हुँदा नामी ०१ ले फ्रेमलेस डुअर, फ्लस डोर ह्यान्डल, मेमोरी सिट, अटो पार्किङ र १२।८” उन्नत इन्फोटेन्मेन्ट प्रणाली जस्ता विशेष सुविधासहित इलेक्ट्रिक ह्याचब्याकको नयाँ मानक स्थापना गरेको थियो। यसले नेपालभर ग्राहकको उच्च उत्साह र विश्वास जितेको छ र इलेक्ट्रिक मोबिलिटीलाई जनतालाई सुलभ बनाएको छ।

नामीको सीईओ प्रशन्न पन्तले एनिभर्सरी समारोहमा भने, “हामीप्रति विश्वास राख्ने सबै ग्राहक र सरोकारवालालाई हार्दिक धन्यवाद। नामीले नेपालमा नवीन र दिगो मोबिलिटी समाधान ल्याइरहने प्रतिबद्धता जारी राख्नेछ।”

समारोहमा ग्राहक, अटो ब्लगर र सञ्चारकर्मीको उपस्थितिमा केक काटेर उत्सव मनाइयो। नामीले आगामी योजनाको झलक पनि दिएको छ, जसअनुसार अर्को मोडल ‘नामी भिगो’ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा ल्याउने तयारीमा छ।

नामी ०१ को एक वर्षको सफलता केवल बिक्री र सुविधामा सीमित नभई, ग्राहकहरूले गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्ने ट्रेन्ड पनि स्थापित गरेको छ।

प्रकाशित: Aug 24, 2025| 14:23 आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्