बिहीबार, साउन १४, २०८३

विलासी बन्दै जनप्रतिनिधी, सवारी साधनमै ध्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- लामो समयपछि स्थानीय निकायको पुनर्वहाली पछि विकास निर्माण र सर्वसाधारणका लागी सहजरुपमा सुविधा उपलब्ध हुने अपेक्षा विपरित स्थानीय तहका पदाधिकारीहरु विलासी  बन्दै गएका छन् । 

आफ्नो नगरपालिका वा गाउँपालिकामा सडक,ढल, शौचालय, स्वास्थ्य सेवा र खानेपानी आपूर्तिको अवस्था दयनिय भएपनि जनप्रतिनिधीको प्राथमिकतामा निजी सुविधाको सवारी साधन  परेको छ । आर्थिक वर्ष शुरु भएको छ महिना बितिसक्दा समेत विकास निर्माण तर्फ बजेट खर्चको अवस्था दयनिय रहेपनि सवारीसाधन सुविधाको उपभोग गर्न २० करोड रुपैयाँ भन्दा बढी रकम‌‌ दुरुपयोग गरिएको छ ।

पर्सा जिल्लाको १४ वटा स्थानीय निकायमध्ये अधिकांशका प्रमुखले निजी प्रयोजनको लागी चार पाङ्ग्रे महँगा सवारी साधन खरिद गरेका छन् । वीरगंज महानगरसहित तीन नगरपालिका र चारवटा गाउँपालिकाले सुविधायुक्त महँगा कार खरिद गरेका छन् । पर्सामा  एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा स्थानीय तह रहेको छ।

विकास निर्माणको लागि प्राप्त बजेटको दुरुपयोग गर्दै वित्तीय समानीकरण अनुदानबाट चारपाङ्ग्रे गाडी र मोटरसाइकल खरिद गरिएको छ ।

महुवनका सामाजिक अभियन्ता चिरन्जीवी यादवले जनप्रतिनिधिले प्राथमिकता पहिचान गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले भने, गाउँका विद्यालयमा शौचालय र फर्निचर छैन, बाटोघाटोको अवस्था दयनीय छ तर जनप्रतिनिधिबीच गाडी चढ्ने होड चलेको छ ।

 वीरगंज महानगरपालिकाले दुईवटा कार खरिद गरेको छ । पोखरिया नगरपालिका र पर्सागढी नगरपालिकाले समेत एक एक वटा महँगा कार किनेका छन् । बहुदरामाई नगरपालिकाले दुईवटा कार र दश वटा मोटरसाइकल खरीद गरेको छ । 

विन्दवासिनी,  पटेर्वा सुगौली, जगरनाथपुर र छिपहरमाई गाउँपालिकाले करीब ६० लाख मूल्य पर्ने कार अध्यक्षको लागि खरीद गरेका छन् । सबै वडाध्यक्षको लागि करिब २ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने मोटरसाइकल समेत खरिद गरिएको छ । यसैगरी धोबिनी, कालिकामाई, सखुवापरसौनी र जीराभवानी गाउँपालिकाले अध्यक्षको लागि भाडाको गाडी सुविधा दिएका छन् ।

जगरनाथपुरका सामाजिक अभियन्ता श्रीकान्त यादवले विकास निर्माणको लागी खरिद गरिएका ट्रयाक्टर र एक्साभेटर गाउँपालिका अध्यक्षले निजी इट्टाभट्टामा माटो खन्न र ओसार्न प्रयोग गरिरहेको बताए ।

गाडी भाडा वापत मासिक ८० हजार देखि १ लाख रुपैयाँसम्म खर्च व्यहोर्नु पर्ने अवस्था रहेको छ । पकहामैनपुर गाउँपालिका अध्यक्षको लागि स्कार्पियो र सातवटा मोटरसाइकल खरीद गर्ने प्रक्रियामा छ । ठोरी गाउँपालिकाले मात्र अध्यक्षको लागि गाडी सुविधा दिएको छैन । 

मोटरसाइकल खरीद गर्नेमा सबैभन्दा बढी धोबिनी र विन्दवासिनी गाउँपालिका रहेका छन् । विन्दवासिनीले आठवटा मोटरसाइकल खरीद गरेपनि पाँचवटाको टेन्डर गरेको छ । धोबिनीले १२ वटा मोटरसाइकल किनेपनि चारवटाको मात्र बोलपत्र प्रकाशन गरेको छ । एउटा स्थानीय तहले जनप्रतिनिधिको गाडी खरीद सुविधाको लागि ८० लाखदेखि १ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।