शुक्रबार, मंसिर १२, २०८२

आईसीसीसीले मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गर्दै

 |  शनिबार, भदौ ७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ७, २०८२

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा आईसीसीसी मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गरिने भएको छ। 

National life

इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर आईसीसीसीको आयोजनामा हुन लागेको मेला  आईसीसीसीको काठमाडौँसहित  देशभरका ११ वटा शाखामा एकसाथ हुने  प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए। 

आगामी सेप्टेम्बर १ तारिखका दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा अनुभवी काउन्सलरहरूले विद्यार्थीका लागि  राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव दिने आयोजकले जनाएको छ। 

शैक्षिक मेला आईसिसिसिको देशभरका पुतिलीसडक, कमलादी, चाबहिल, पोखरा, धनगडी, चितवन, झापा, इटहरी, बुटवल र बनेपामा एकसाथ लाग्ने आईसीसीसीका सिनियर काउन्स्लर अनुप शर्माले जानकारी दिए। 

सिनियर काउन्स्लर शर्माका अनुसार शैक्षिक मेला  क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी  हुन लागेको हो। विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेला निकै लाभदायी हुने आयोजकको दाबी रहेको छ। 

Laxmi sunrise bank
kumari

प्रवन्ध निर्देशक खड्काका अनुसार यो मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिइनेछ।

मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आर्कषक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ। शैक्षिक मेलामा उपस्थित हुने बिद्यार्थीका लागि  आईएलटिस, पिटिई निशुल्क उपलब्ध गराईने  आयोजकले जनाएको छ।

प्रकाशित: Aug 23, 2025| 13:33 शनिबार, भदौ ७, २०८२
प्रतिक्रिया दिनुहोस्