काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) युएईसँगको एकदिवसीय पहिलो खेल खेल्दै छ । खेल दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रिने छ । किनकी यसै सिरिजपछि नेपाल आईसीसीको विश्व वरियतामा समावेश हुनेछ । विश्व वरियतामा पुग्न कम्तिमा ३ देखि ४ अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने हुन्छ । नेपालले तीन एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । र विजयी भए आईसीसीको वरियतामा सुखद सुरुवात हुने ।
नेपालको यो चौथो एकदिवसीय खेल हुनेछ । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो ।
आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिजका लागि नेपाली टोली युएई भ्रमणमा गएको हो । नेपालले घरेलु टोलीसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-२० सिरिज खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४