NadaNada
शुक्रबार, भदौ ६, २०८२

'नाडा अटो सो २०२५' मा दर्शकहरुको ऐतिहासिक सहभागिता

 |  शुक्रबार, भदौ ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

vianetvianet
Metro Mart

काठमाडौं-'नाडा अटो शो २०२५' ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन्। यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ - आर्थिक चुनौती र कठिनाइबीच पनि।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु। यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।

यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं। नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव हो।

प्रकाशित: Aug 22, 2025| 12:44 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्