बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधी

एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधी

 |  शुक्रबार, भदौ ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

काठमाडौं-इम्बार्क कलेजले अन्तर्राष्ट्रिय स्तरमा अर्को ठूलो सफलता हात पारेको छ। अगस्त१९–२०, २०२५ मा भारतको नयाँ दिल्लीस्थित इरोस होटलमा आयोजित “इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५” मा इम्बार्क कलेजलाई “इमर्जिङ बी–स्कूल ” उपाधिबाट सम्मान गरिएको हो।उक्त सम्मानले इम्बार्क कलेजले व्यवसायिक शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण, र छोटोअवधिमा प्राप्त उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन गरेको छ।

National life

अन्तर्राष्ट्रिय मञ्चमा इम्बार्क कलेजको पहिचान 'यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामीअत्यन्त गौरवान्वित छौं,' इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले बताए।'यो सम्मानले व्यवसायिक शिक्षाको क्षेत्रमा हाम्रो दृष्टिकोण, प्रतिबद्धता र नवाचारको प्रमाण प्रस्तुत गर्दछ। हामी विद्यार्थीहरुलाई विश्वस्तरको शिक्षा प्रदान गर्दै जिम्मेवार व्यवसायिक नेतृत्व विकास गर्न प्रतिबद्ध छौं,' ठाकुरले थपे।

इम्बार्क कलेज नवीन शिक्षा र व्यावसायिक अभ्यासको संगम, इम्बार्क कलेजले कठोर शैक्षिक मापदण्ड रव्यावहारिक औद्योगिक अनुभवलाई समेट्दै व्यवसायिक शिक्षामा नयाँ उचाइ हासिल गरेको छ। कलेजको पाठ्यक्रमले नवीनतम सोच, नैतिक नेतृत्व, र विश्वव्यापी व्यवसायिक क्षमताको विकासमा विशेष ध्यान केन्द्रित गरेको छ। यस सम्मानले कलेजलाई थप प्रेरित गर्दै शैक्षिक कार्यक्रमहरू विस्तार गर्न, अग्रणी उद्योगहरू सँग सहकार्य बढाउन र विद्यार्थीहरूलाई अझ सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

इलेट्स वर्ल्ड एजुकेशन समिटः शैक्षिक उत्कृष्टताको अन्तर्राष्ट्रिय मञ्च, वर्ल्ड एजुकेशन समित एक वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसले शिक्षा क्षेत्रका नीति निर्माता, शैक्षिक नेता तथा उद्योग विशेषज्ञहरुलाई एउटैमञ्चमा ल्याएर शिक्षा सम्बन्धी समसामयिक विषयहरूमा छलफल गर्छ। यस सम्मेलनले शैक्षिक उत्कृष्टतामा योगदान पुर्‍याउने संस्थाहरूलाई विभिन्न श्रेणीमा सम्मानित गर्ने गर्दछ।

इम्बार्क कलेज,रोहेम्प्टन विश्वविद्यालय सगँ शैक्षिक साझेदारीका साथ ललितपुरमा अवस्थित एक व्यवसायिक शिक्षण संस्था हो, जसले जिम्मेवार र सशक्त व्यवसायिक नेतृत्व उत्पादन गर्ने उद्देश्य राखेको छ। नवीन पाठ्यक्रम, अनुभवी प्राध्यापक, र उद्योग सँगको बलियो सहकार्यका माध्यमबाट कलेजले विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्रदान गर्दै आइरहेको छ।

Laxmi sunrise bank

प्रकाशित: Aug 22, 2025| 10:33 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्