मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष थ्री एक्स अफर

सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष थ्री एक्स अफर

 |  शुक्रबार, भदौ ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

काठमाडौं- यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्री एक्स अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउँछ।

National life

यस थ्री एक्स अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्

३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ,३ गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ,बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ।ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।सेरेस स्टलमाआगन्तुकहरूले सेरेस एसयुभी हेर्न पाउनेछन्।

आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्रीप्रदर्शनसहितको सेरेस ३ नयाँ ईभी हो। आजका चालकका लागि तयार गरिएको हो सेरेस ३ भविष्यको मोबिलिटीको प्रतिक पनि हो।सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ। यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो।

Shivam cement

सो उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको छ।नाडा अटो शो २०२५ मा सेरेसको स्टल भिजिट गर्नुहोस्, ड्राइभिङको भविष्यलाई अनुभव गर्नुहोस् र अधिकतम ६ लाख रुपैयाँसम्मको सीमित अवधिको अफरको विशेष लाभ लिनुहोस्।

प्रकाशित: Aug 22, 2025| 10:26 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्