काठमाडौं- इसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनःआफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको छ। सुरुआतदेखि नै कम्पनीसँग आवद्ध रहेकी खड्काले नेपाल र विदेशमा पुगेर औपचारिक रेमिट्यान्सको महत्वबारे जनचेतना फैलाउँदै आएकी छन्।
कम्पनीका प्रमुख कार्यकारी अजेश कोईरालाका अनुसारयो साझेदारीले सुरक्षित र डिजिटल माध्यमबाट रेमिट्यान्स सेवा विस्तारमा सहयोग गर्नेछ।सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ईसेवा मनि ट्रान्सफरले इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत देशभर सेवा प्रदान गर्दै आएको छ।