बिहीबार, साउन १४, २०८३

चेल्सी काराबाओ कपको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- इंग्लिस क्लब चेल्सीले टोटनहमलाई पराजित गर्दै काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाइनलमा टोटेनहमलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै चेल्सीले फाइनल यात्रा पुगेको हो । 

घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले टोटेनहमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । तर, पहिलो लेगमा चेल्सीले टोटेनहमसँग १-० को हार व्यहोरेको कारण खेल समग्रमा २-२ गोलको बराबरी भएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । 

पेनाल्टी सुटआउटमा भने चेल्सीले बाजी मार्यो । चेल्सीका सिजर विलियन, सिजर एज्प्लिक्युएटा, जोर्गीन्हो र डेभिड लुइजले पेनाल्टीमा गोल गरे । तर, पेनाल्टीमा टोटेनहमका इरिक डायर र लुकास मौराले गोल गर्न सकेनन् । उसका इरिक लमेला र क्रिस्तियन एरिक्सनले गोल गरेका थिए  । 

त्यसअघि खेलको २७ औ मिनेटमा एनगोलो कोन्टेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औ मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । खेलको ५० औ मिनेटमा टोटेनहमका फर्नान्डो लोरेन्टले एक गोल फर्काएपछि खेल समग्रमा २-२ को बराबरीमा सकिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।