बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सचिव कुटपिट प्रकरण : छानबिन समिततिले किन दिएन प्रतिवेदन ?

सचिव कुटपिट प्रकरण : छानबिन समिततिले किन दिएन प्रतिवेदन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ का उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झा उपर कुटपिट भएको १२ दिन बितिसक्यो । २९ पौषमा सचिव झालाई प्रदेश २ का अर्थमन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाई कुटपिट गरेको आरोप लागेको छ ।

घटना भएलगत्तै प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो । घटनाको छानबिन गरी समितिलाई सात दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न भनिएको थियो ।

तर घटना घटेको झण्डै दुई सप्ताह बित्न लाग्दासमेत समितिले प्रतिवेदन पेश गर्न सकेको छैन् । समितिले प्रतिवेदन पेश नगरेपनि सचिव झामाथि कुटपिट गर्ने मन्त्री यादवलाई कारबाहीको माग राख्दै आन्दोलन थालेका कर्मचारीहरुले आन्दोलनसमेत स्थगित गरिसकेका छन् ।

समितिका संयोजक कानुनमन्त्री यादवले माघ १४/१५ गतेसम्म प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् ।  सचिवलाई कुटपिट गरेको आरोप लागेका अर्थमन्त्री यादव प्रदेश बाहिर रहेकोले प्रतिवेदनलाई अन्तिम रुप दिन समय लागेको उनले बताए ।

‘हामीले सबै प्रत्यक्षदर्शीहरुसँग कुराकानी गरिसेका छौं,’ नेपाल समयसँग कुरा गर्दै समितिका संयोजक मन्त्री यादवले भने,‘अर्थमन्त्रीज्यु काठमाण्डौं जानु भएको छ । उहाँ फर्के लगत्तै प्रतिवेदनले पूर्णता पाउने छ ।’

छानबिन समितिको प्रतिवेदन कस्तो हुने जिज्ञासामा मन्त्री यादवले पीडितले न्याय पाउने गरी प्रतिवेदन आउनने प्रतिक्रिया दिएका छन् । ‘प्रदेशको लागि दुर्भाग्यपूर्ण घटना भएको छ,’ उनले भने,‘सचिवज्यूको असन्तुष्टि समाप्त हुने गरी प्रतिवेदन आउँछ ।’

यद्यपी घटनामा कसैलाई कारबाही नहुने मन्त्री यादवले संकेत दिएका छन् । ‘कसैलाई कारबाही गरिए घाउ आफैलाई लाग्ने अवस्था छ,’ मन्त्री यादवले भने,‘घटनाको सत्यतथ्य प्रतिवेदनमा समावेश गरिन्छ । तर सहमति गरेर अगाडी बढ्न हाम्रो सुझाव छ ।’

गरिबी निवारण कोषअन्तर्गत लघु उद्यमसम्बन्धी कार्यक्रमका लागि आफूले सिफारिस गरेको एनजीओ छनौट नभएको निहुँमा सचिव झालाई आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटपिट गरेको आरोप छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।