आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोर्थिङ फ्राइडेको 'फ्राइडे टु फ्राइडे'विशेष अफर सार्वजनिक 

फोर्थिङ फ्राइडेको 'फ्राइडे टु फ्राइडे'विशेष अफर सार्वजनिक 

 |  बिहीबार, भदौ ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

National life
kumari

काठमाडौं-नेपालमा प्रिमियम विद्युतिय साधन 'इभी' फोर्थिङ फ्राइडे ले 'फ्राइडे टु फ्राइडे, २०२५–२०३०' नामक पाँच वर्षे विशेष अफर सार्वजनिक गरेको छ।लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरक लक्ष्मी इमोबिलिटी प्रालि मार्फत उपलब्ध हुने यस अफरअन्तर्गत ग्राहकले ५ वर्षसम्म निशुल्क अटो प्लस इन्सुरेन्स, ६ वर्षसम्म निशुल्क सर्भिस सुविधा तथा प्रत्येक खरिदमा ७ किलोवाट क्षमताको होम चार्जर पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, दिगो गतिशीलताको प्रवर्द्धन र ग्राहकमैत्री अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो। 'फ्राइडे टु फ्राइडे' अफरले इभी स्वामित्वलाई अझै फाइदाजनक र भरोसायोग्य बनाउँने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।फोर्थिङ फ्राइडेले नेपाललाई वातावरणमैत्री, नवप्रवर्तनशील र भविष्य–केन्द्रित गतिशीलता समाधान उपलब्ध गराउने दाबी गरेको छ।

प्रकाशित: Aug 21, 2025| 14:15 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्