बिहीबार, साउन १४, २०८३

रामोसको दुई गोलमा रियल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- जिरोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । बिहिबार राति भएको पहिलो लिगमा रियलले जिरोनालाई ४-२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा रियलका लागि कप्तान सर्जियो रामोसले २ गोल तथा लुकास भास्क्वेज र करिम बेन्जिमाले एक एक गोल गरे । जिरोनाका एन्थोनी लोजानो र एलेक्स ग्रानेलले एक एक गोल गरे ।

खेलको सातौ मिनेटमा लोजानोले गोल गर्दै जिरोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १८ औ मिनेटमा लुकासले गोल गर्दै रियललाई खेलमा फर्काए । खेलको ४२ औ मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा रियलले २-१ को अग्रता लियो ।

खेलको ६६ औ मिनेटमा जिरोनाका एलेक्सले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ७७ औ मिनेटमा कप्तान रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ३-२ ले अघि रह्यो । त्यसपछि खेलको ८० औ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ४-२ को जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।