आइतबार, वैशाख २०, २०८३

 'चांगान लुमिन' 'नाडा अटोसो २०२५'मा सार्वजनिक 

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

 

National life

काठमाडौं-नेपालमा 'फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल' र 'चांगान'को आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नयाँ इलेक्ट्रिक ह्याचब्याक चांगान लुमिन सार्वजनिक गरेको छ।चांगान लुमिनलाई स्टाइलिस, कम्प्याक्ट र स्मार्ट इलेक्ट्रिक मोबिलिटीको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ। पाँच विभिन्न रंगमा उपलब्ध लुमिन विशेषगरी सहरी सडकका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।

३५ किलोवाट मोटर र २८.०८ किलोवाट आवरको ब्याट्रीसहित आएको यस मोडेलले ३०१ किलोमिटरसम्मको रेन्ज (एनइडिसी) दिने बताइएको छ। डिसी फास्ट चार्जिङमार्फत ३० देखि ८० प्रतिशत चार्ज गर्न करिब ३५ मिनेट लाग्नेछ।

यसमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, कार प्ले, स्मार्ट किलेस इन्ट्री एन्ड स्टार्ट, मोबाइल एप रिमोट कन्ट्रोल तथा इलेक्ट्रोनिक नब सिफ्टरजस्ता सुविधा दिइएका छन्। सानो आकार भए पनि गाडीमा १०४ देखि ५८९ लिटरसम्मको लगेज स्पेस पाउन सकिन्छ।सुरक्षाका लागि डुअल एयरब्याग, हाई स्ट्रेन्थ स्टिल बडी, एनबुस्टर ब्रेकिङ सिस्टम, इएसपी स्टेबिलिटी कन्ट्रोल र ब्याट्री फोर्ट्रेस सेफ्टी सिस्टम जस्ता सुविधा पनि रहेको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले लुमिनलाई रमाइलो सहरी यात्राका लागि उपयुक्त र आधुनिक जीवनशैलीसँग मेल खाने गरी तयार गरिएको बताए। नेपाली बजारमा यसको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: Aug 20, 2025| 14:12 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्