काठमाडौं-नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कले नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी 'अल-न्यु बीवाईडी एट्टो २'सार्वजनिक गरेको छ।नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच गरिएको अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य र ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।
सहज मूल्यमा सबैका लागि उपयुक्त इलेक्ट्रिक एसयूभीको रूपमा प्रस्तुत गरिएको एट्टो २ युवा व्यवसायी र परिवारको जीवनशैलीलाई ध्यानमा राखी तयार गरिएको छ। कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकताको संयोजनसहित प्रस्तुत गरिएको यस गाडीमा बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन-क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर समावेश छन्। कम्पनीका अनुसार यसले सानो आकारमै ठूलो कारको अनुभूति दिनेछ।
बीवाईडी एट्टो-२ हाल नेपालमा ४३ लाख ९९ हजारको प्रारम्भिक मूल्यमा उपलब्ध छ। यससँगै ७ किलोवाटको वाल-माउन्टेड चार्जर समेत दिइनेछ। करिब ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाइ, १,६७५ एमएम उचाइ र २,६२० एमएम ह्विलबेससहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी शहरभित्र मात्र नभई शहरोन्मुख नेपाली सडकका लागि समेत उपयुक्त हुने बताइएको छ।
५१.१३ किलोवाटको ब्लेड ब्याट्रीसहित आएको एट्टो २ ले सिंगल चार्जमा डब्लुएलटीपी मापदण्डअनुसार ३४५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। १०० किलोवाटको मोटरले २९० एनएम टर्क उत्पादन गर्ने यो गाडी ० देखि १०० किलोमिटर प्रतिघण्टा वेग पुग्न ९ सेकेन्ड मात्रै लिन्छ। यसको डायनामिक बाह्य डिजाइनमा फुल एलईडी हेडलाइट, डे टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार जस्ता आधुनिक सुविधाहरू छन्, जसले यसलाई सडकमा अझ बोल्ड र युथफुल देखाउँछ।
भित्रतर्फ सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, ६-वे पावर ड्राइभर सिट र ४-वे पावर प्यासेन्जर सिट जस्ता फिचर उपलब्ध छन्। फ्ल्याट ईभी फ्लोर डिजाइन र स्प्लिट हुने रियर सिटका कारण सामान राख्न थप सहजता मिल्नेछ। त्यस्तै, १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङले प्रविधि-मैत्री अनुभव दिन्छ।
यसमा प्रयोग भएको ब्लेड ब्याट्री र सेल-टु-बडी (सीटीबी) प्रविधिले बडी रिजिडिटी, स्पेस र सुरक्षामा सुधार ल्याएको छ। कोबाल्ट र निकेलमुक्त लिथियम आइरन फस्फेट (एलएफपी) रसायन प्रयोग भएको यस ब्याट्रीले लामो समयसम्म टिक्ने, उच्च तापक्रममा पनि सुरक्षित रहने विशेषता बोकेको कम्पनीको दाबी छ। उद्योगकै कडा 'नेल पेनेट्रेसन टेस्ट' पास गरिसकेको यो ब्याट्री विश्वस्तरमै टिकाउ र सुरक्षित मानिन्छ।
सारांशमा, बीवाईडी एट्टो २ ले नेपाली बजारमा सहज मूल्य, प्रविधि, सुरक्षा र डिजाइनको सन्तुलित संयोजन प्रस्तुत गरेको छ, जसले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी चाहने ग्राहकका लागि नयाँ विकल्प उपलब्ध गराएको छ।