बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गृह मन्त्रालयमा २ अर्व ३६ करोड १२ लाख बढी बेरुजु फर्छ्यौंट

गृह मन्त्रालयमा २ अर्व ३६ करोड १२ लाख बढी बेरुजु फर्छ्यौंट

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

काठमाडौं । बेरुजु फर्छ्यौंट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ।

National life

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो वर्षमा आर्थिक वर्ष २०८१/०८२ मा हालसम्मकै उच्च २ अर्व ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छ्यौंट गरेको छ।

अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत कुल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौंट बाँकी रहेको थियो। गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सम्परीक्षण तथा फर्छ्यौंट प्रगति ६३.१७ प्रतिशत रहेको छ। ‘चालु आर्थिक वर्षमा अब १ अर्व ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ,’ आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने, ‘कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फर्छ्यौंट लागेको छ।’

उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताए। ‘आर्थिक वर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो,’ अधिकारीले भने, ‘अहिले शुन्य प्रतिशतमा झरेको छ।’

Laxmi sunrise bank

मन्त्रालयले बेरुजु फर्छ्यौंट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ। समितिले विगत वर्षको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्नेलगायतका काम निरन्तर गर्दै आएको छ।

त्यसका साथै मन्त्रालयले असुल उपर र पेश्की बेरुजुका सम्वन्धमा सम्बन्धित निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फर्छ्यौंट, सम्परीक्षण र वित्तीय सुशासन सम्वन्धी काम गर्दै आएको छ।

प्रकाशित: Aug 19, 2025| 17:43 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्