बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • 'नाडा अटो शोमा' सुजुकी' इ–भिटारा' प्रदर्शन,संगै'‘पर्वोत्सव २०८२'अन्तर्गत १ वर्ष शून्य ब्याज तथा अन्य आकर्षक योजना

'नाडा अटो शोमा' सुजुकी' इ–भिटारा' प्रदर्शन,संगै'‘पर्वोत्सव २०८२'अन्तर्गत १ वर्ष शून्य ब्याज तथा अन्य आकर्षक योजना

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं-नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको इभि 'इ– भिटारा' 'नाडा अटो शो २०८२'मा प्रदर्शनी गरेको छ। साथै सो अटो शोमा दशैं तिहार भरीका लागी लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले छ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, छ वर्षको लागि निः शुल्क पी.यम.एस पाट्र्स, दुई लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पाउन  सक्नुहुनेछ।

कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ, भने १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सक्नु हुनेछ। साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ।  यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।

सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी भख्ष्तबचब सार्वजनिक गर्दै, नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ। विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो Suzuki DNA को उत्कृष्ट सम्मिश्रणको इ– भिटारा, नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ।
इ–भिटाराका उत्कृष्टताको लागि निर्मित
सुजुकीको पहिलो मास–प्रोडक्सन ब्याट्री इलेक्ट्रिक भेहिकल (-BEV_  नयाँ 'HEARTECT–e' प्लेटफर्ममा आधारित छ। जसले उत्कृष्ट पर्फर्मेन्स, आराम्दाई यात्रा र सुरक्षा प्रदान गर्छ।२,७०० मि.मि. ह्वीलबेस र ५.२ मि. टर्निङ रेडियस,अधिक स्पेस र आराम्दाई यात्राको लागि  फ्ल्याट–फ्लोर डिजाइन  रहेको गाडिमा राइडरहरुलाई आनन्द प्रदान गर्ने कम्पनिले विश्वास लिएको छ। 

प्रकाशित: Aug 19, 2025| 17:30 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्