NadaNada
मंगलबार, भदौ ३, २०८२

प्रधानमन्त्रीद्वारा 'नाडा अटो शो२०२५'उद्घाटन 

 |  मंगलबार, भदौ ३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

vianetvianet
Metro Mart

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ 'नाडा अटो शो२०२५'को आज उद्घाटन गर्नुभएको छ। त्यस अवसरमा उनले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताउनुभयो  'हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ। लगानी र काममा कुनै बाधा छैन। अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन। '

उनले भने, 'उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्ग बन्दैछन्, अन्तरराष्ट्रिय विमानस्थल थपेका छौँ। हरित ऊर्जा, मिथेन ग्यास, धौवादीबाट फलाम उत्पादन गरेर प्रयोग गर्दैछौँ। प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो। यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस्। देशका लागि योगदान गर्नुहोस्।'

प्रकाशित: Aug 19, 2025| 17:09 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्