NadaNada
मंगलबार, भदौ ३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रेडमी नेपालद्वारा दुई नयाँ मोडल ‘रेडमी वाच ५ एक्टिभ’ र ‘रेडमी वाच ५ लाइट’ सार्वजनिक

रेडमी नेपालद्वारा दुई नयाँ मोडल ‘रेडमी वाच ५ एक्टिभ’ र ‘रेडमी वाच ५ लाइट’ सार्वजनिक

 |  मंगलबार, भदौ ३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

vianetvianet

काठमाडौं-डिजिटल जीवनशैलीसँगै स्मार्टवाच अब समय बताउने घडी मात्र नभई स्वास्थ्य, फिटनेस र सञ्चारका लागि आवश्यक साथी बनेको छ। यसै सन्दर्भलाई ध्यानमा राख्दै शाओमीको सह–ब्रान्ड रेडमीले नेपालमा नयाँ दुई मोडल रेडमी वाच ५ एक्टिभ र रेडमी वाच ५ लाइट ९जीएनएसएससहित० सार्वजनिक गरेको छ।

रेडमी वाच ५ एक्टिभ रु। ४,९९९ मा उपलब्ध छ। यसमा २ इन्चको उज्यालो डिस्प्ले छ, जसले प्रत्यक्ष घाममा पनि स्पष्ट देखिन्छ। १८ दिनसम्म टिक्ने ब्याट्री क्षमता, एलेक्सा भ्वाइस कमाण्ड सुविधा, १४० भन्दा बढी खेल मोड र धातुको मजबुत संरचना यस मोडलका विशेष आकर्षण हुन्।

त्यस्तै, रेडमी वाच ५ लाइट प्रिमियम मोडलका रूपमा रु। ७,४९९ मा उपलब्ध छ। यसमा जीएनएसएस प्रविधि रहेको छ, जसले पाँच स्याटेलाइट नेटवर्कसँग एकैपटक जडान भएर स्थान ट्र्याकिङलाई अझै सटीक बनाउँछ। १।९६ इन्चको एमोलेड डिस्प्ले, डुअल माइक्रोफोन, ५ एटीएम पानी प्रतिरोध र १५० भन्दा बढी वर्कआउट मोडहरूले यसलाई फिटनेसप्रेमी तथा साहसिक यात्रुका लागि उपयुक्त बनाएको छ।

यी दुबै मोडलले लामो ब्याट्री क्षमता, उन्नत लोकेसन प्रणाली र बलियो संरचना मार्फत स्मार्टवाच प्रयोगकर्ताले भोग्ने सामान्य समस्याहरूलाई समाधान गर्ने प्रयास गरेका छन्। रेडमीले यी उत्पादनलाई केवल प्रविधिको प्रदर्शनका लागि नभई व्यावहारिक प्रयोगका लागि डिजाइन गरिएको दाबी गरेको छ।

नेपालमा बढ्दो स्मार्ट प्रविधि संस्कृतिलाई लक्षित गर्दै ल्याइएका यी स्मार्टवाचहरूले विद्यार्थी, पेशागत वर्गदेखि सक्रिय जीवनशैली अपनाउने प्रयोगकर्तासम्म सबैलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

Metro Mart

प्रकाशित: Aug 19, 2025| 16:59 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्