आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शिखर इन्स्योरेन्सद्वारा २० लाखसम्म ‘शिखर स्वास्थ्य सुरक्षा’ योजना सार्वजनिक

शिखर इन्स्योरेन्सद्वारा २० लाखसम्म ‘शिखर स्वास्थ्य सुरक्षा’ योजना सार्वजनिक

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

काठमाडौं-शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु गरेको छ। भदौ २ गते मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा यस बीमा योजनाको औपचारिक शुभारम्भ गरिएको हो।व्यक्तिगत तथा परिवारका सबै सदस्यलाई समेट्न सकिने यस योजनाअन्तर्गत २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। नेपालमा स्वास्थ्य बीमामा अहिलेसम्म सीमित रकमसम्म मात्र सेवा पाइँदै आएको अवस्थामा यो योजना बढ्दो उपचार खर्चका लागि प्रभावकारी विकल्प हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

शिखर स्वास्थ्य सुरक्षामा आवद्ध बीमितले नेपालका प्रतिष्ठित अस्पतालहरूमा नगदरहित उपचार सुविधा पाउनेछन्। अस्पतालमा भर्ना भई उपचार गर्दा बीमाको रकम बराबर खर्च शिखर इन्स्योरेन्सले अस्पताललाई सिधै भुक्तानी गर्ने व्यवस्था छ। साथै, बीमाको रकमको १० प्रतिशत ९अधिकतम १ लाख रुपैयाँसम्म० बाहिरंग उपचारको लागि समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Aug 19, 2025| 16:52 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्