आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ह्युन्डाई नेपालको 'दशैं,तिहारमा, १० गुणा उपहार' देखि,१० लाखसम्म जित्ने अवसर

ह्युन्डाई नेपालको 'दशैं,तिहारमा, १० गुणा उपहार' देखि,१० लाखसम्म जित्ने अवसर

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

National life

काठमाडौं- नेपालीहरूको महान् चाड दशैं(तिहार र छठ पर्वलाई लक्षित गर्दै ह्युन्डाई नेपालले विशेष अफरको घोषणा गरेको छ।नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। ले ‘दशैं(तिहार, १० गुणा उपहार’ नामक अफर सार्वजनिक गरेको हो।

यस अफर अन्तर्गत ग्राहकले गाडी खरिद गर्दा अधिकतम ८ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। त्यस्तै, स्क्र्याच कार्डमार्फत थप १० लाख रुपैयाँसम्म जित्ने अवसरसमेत रहने कम्पनीले जनाएको छ। साथै, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि पाउने व्यवस्था गरिएको छ।

ग्राहकलाई दीर्घकालीन सुविधा दिने उद्देश्यले प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ उपलब्ध गराइने कम्पनीले जनाएको छ।ह्युन्डाई नेपालले सबै अटोप्रेमी र सम्भावित ग्राहकलाई नजिकैको शोरुममा पुगेर यो अफरको लाभ लिन आग्रह गरेको छ। अफर भदौ २ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Aug 19, 2025| 16:47 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्