बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • स्काइब्रोडब्याण्डको इन्टरनेट सेवामा एनआईसी एसिया बैंकका ग्राहकले  विशेष छुट पाउने

स्काइब्रोडब्याण्डको इन्टरनेट सेवामा एनआईसी एसिया बैंकका ग्राहकले  विशेष छुट पाउने

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं-स्काइब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवामा एनआईसी एसिया बैंकका ग्राहकले  विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंक र स्काइब्रोडब्याण्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।सम्झौताअनुसार बैंकका ग्राहकले स्काइब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा नयाँ लिन वा वार्षिक नवीकरण गर्दा रु। १५०० को छुट पाउनेछन्।ग्राहकले उक्त छुट पाउन एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकले यस सहकार्यले ग्राहकलाई इन्टरनेट सेवामा छुट मात्र नभई डिजिटल भुक्तानी प्रवर्द्धन हुँदै नगदरहित कारोबार संस्कृतिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले यस सहकार्य ग्राहकमैत्री सेवाप्रति बैंकको प्रतिबद्धताको अभिव्यक्ति भएको बताए।

प्रकाशित: Aug 19, 2025| 16:40 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्