बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने शो को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन्।

National life

प्रत्येक दिन बिहान साढे १० देखि बेलुका ७ बजेसम्म चल्ने शो यही भदौ ८ गतेसम्म सञ्चालन हुनेछ।

नाडामा १२५ बढी कम्पनी तथा संस्थाका स्टल रहने छन्। जसमा चारपाङ्ग्रे गाडी, मोटरसाइकल/स्कुटर, लाइट कमर्सियल गाडी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहने छ।

३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू रहने प्रदर्शनीमा उड्ने कारसमेत राखिने नाडाले जनाएको छ।

Laxmi sunrise bank

प्रकाशित: Aug 19, 2025| 08:17 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्