काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ।