काठमाडौं- अजोड इन्सुरेन्स लिमिटेडले आगामी माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याचगर्ने दर्शकलाई दशहजार प्रदानगर्ने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र अजोडकाबीच बिहीबार भएको सम्झौताअनुसार कम्पनी प्रतियोगिताको अफिसियलइन्सुरेन्स पार्टनर समेत बनेको छ ।
सम्झौता पत्रमा डिसिएका अध्यक्ष सुवाशशाही र अजोडका प्रमुखकार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार अजोडले प्रतियोगिताका खेलाडी, दर्शक तथा अफिसियलहरुको बिमा गर्नेछ । सम्झौताअनुसार प्रतियोगिताका प्रत्येक खेलमा पहिलो छक्का क्याच गर्ने दर्शकले १० हजार पाउँनेछन् ।
टी-२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक-एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले-अफमा पुग्नेछन् ।
त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४