बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी बैंक र अपोलो हस्पिटलबिच स्वास्थ्य सेवामा १० प्रतिशतसम्म दिने सम्झौता

कुमारी बैंक र अपोलो हस्पिटलबिच स्वास्थ्य सेवामा १० प्रतिशतसम्म दिने सम्झौता

 |  शनिबार, साउन ३१, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- कुमारी बैंक लिमिटेड र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल 'इन्द्रप्रस्थ मेडिकल कर्पोरेशन लिमिटेड' बीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ।सम्झौता अनुसार, कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट उपचारका क्रममा अधिकतम १० प्रतिशतसम्म विशेष छुट पाउने छन्। बैंकले यसलाई ग्राहकको स्वास्थ्य सुरक्षाप्रति आफ्नो संस्थागत जिम्मेवारीका रूपमा लिएको छ।

विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग सम्झौता गरी गुणस्तरीय स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र प्रभावकारी बनाउने अभियान चलाइरहेको छ।

बैंकले बदलिँदो समयसँगै सेवा स्तरमा निरन्तर सुधार गर्ने र आगामी दिनमा अझ व्यापक तथा सुलभ सुविधा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Aug 16, 2025| 13:01 शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्