काठमाडौं-नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले सुजुकी लभर्सहरुका लागि खुसिको खबर सार्वजनिक गरेको छ। कम्पनिले शुक्रबार एक कार्यक्रमका बीच वहुप्रतिक्षित गाडी' ई-भिटारा' नेपालमा सर्वजनिक गरेको हो।कम्पनीले 'ई-भिटारा'को मूल्य भने सार्वजनिक गरेको छैन। यसको आगामी भदौ ३ गतेबाट सुरु हुने 'नाडा अटो शो २०२५' मा मूल्य सार्वजनिक गरि बुकिङ खुला गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार 'ई-भिटारा'को डेलिभरी भने आउदो अक्टोबरदेखि हुनेछ।
बीवाइडीको चर्चित ब्लेड टेक्नोलोजीको ब्याट्री प्रयोग भएको 'ई-भिटारा'मा ६१ र ४९ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउने छन। यसमा भएको ठूलो ब्याट्री'प्याकले ५०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ।जापानी कार निर्माता सुजुकीले भारतीय प्लान्टबाट उत्पादन गर्ने ई-भिटारा' अर्को जापानी ब्राण्ड 'टोयोटा'सँगको सहकार्यमा विकास गरिएको मोडल हो।
कम्प्याक्ट मिडसाइज सेग्मेन्टको यो 'एसयूभी'को लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम तथा २७०० एमएमको ह्वीलबेस रहेको छ। ग्राउन्ड क्लियरेन्स भने १८० एमएम छ।मारुती सुजुकीले 'ई-भिटारा'मा धेरै प्रकारका अत्याधुनिक फिरचहरू दिएको छ। यो ईभीको एक्सटेरियरको फ्रन्टमा एलइडी हेडलाइट, डेटाइम रनिङ लाइट र टेललाइट रहेको छ। यसको फ्रन्ट ग्रीलमा एक्टीभ एयर भेन्ट्स दिएको छ। १८ इन्चको ह्वील रहेको यो ईभीमा 'प्यानारोमिक' सनरुफ पाउन सकिन्छ।
'ई-भिटारा'को इन्टेरियरमा मल्टिकलर एम्बियन्ट लाइट, वायरलेस चार्जर, १०.२५ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रीन, १०.१ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो पाउन सकिन्छ ।एसयूभीमा म्युजिकको लागि हर्मनको अडियो सिस्टम, इनकार कनेक्टिभिटी टेक, सिंगल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पीएम २.५ एयर फिल्टर, १० वे पावर एड्जस्टेबल ड्राइभर सिट दिइएको छ। पछाडिको सिट पनि 'रिक्लाइन र स्लाइडिङ' गर्न मिल्छ।
निर्माताले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभीमा इको, नर्मल र स्पोट्स ड्राइभ मोडसँगै स्नो मोड, वान पेडल ड्राइभिङ मोड पनि दिएको छ।सुरक्षाको लागि आधुनिक फिचरको लामै लिस्ट उपलब्ध 'ई-भिटारा'मा एडास लेभल २ फिचर पाउन सकिन्छ। लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर उपलब्ध छ।
'ई-भिटारा'को चार वटै चक्कामा डिस ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, पैदल यात्रुको लागि अकुस्टिक भेहिकल अलार्म सिस्टम लगायत सुरक्षा लगायत फिचरहरु रहेको सीजी मोटोकर्पले जनाएकोछ।