बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एमएडब्लु वृद्धिले गर्यो नेपालमा दिपल एस-०५ एसयुभी  सार्वजनिक

एमएडब्लु वृद्धिले गर्यो नेपालमा दिपल एस-०५ एसयुभी  सार्वजनिक

 |  शुक्रबार, साउन ३०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०८२

काठमाडौं-नेपालका लागि 'फ्युचरिस्टिक' र 'इन्टेलिजेन्ट' इभी ब्रान्ड चांगानको आधारिक बिक्रेता एमएडब्लु वृद्धिले 'लक्जरी', 'स्टाइल' र 'टेक्नोलोजी'को सर्वोत्कृष्ट संयोजन भएको इलेक्ट्रिक एसयुभी दिपल एस-०५ सार्वजनिक गरेको छ। यो नयाँ प्रिमियम इभीले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने  विश्वास कम्पनीले लिएको छ।  

National life

दिपल एस–०५ मा दुवै 'फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड' छन्। साथै, यसमा 'क्विन कोपाइलट सिट' दिइएको छ जसले 'जिरो ग्राभिटी', 'लेग सपोर्ट र वान टच न्याप मोड' मार्फत यात्रामा अद्वितीय आराम दिन्छ।क्याबिनलाई 'लक्जरियस' बनाउन उच्च गुणस्तरको 'लेदरेटेड अपहोल्ट्री', ६४ 'एम्बायन्ट लाइटिङ', 'आउटडोर स्पिकर'सहितको १४ स्पिकरयुक्त 'स्काइ सरान्ड साउन्ड सिस्टम' दिइएको छ। लामो यात्रामा चाहिनेजति सामान बोक्न सेग्मेन्टकै सबैभन्दा ठूलो १५९ लिटरको 'फ्रंक' दिइएको छ।

दिपल एस-०५ मा 'सेग्मेन्ट-एक्स्क्लुसिभ' 'रिमोट इन एन्ड आउट पार्किंग'को सुविधा छ, जसले साँचोको प्रयोग गरेर चालकले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सक्छ। यसको मद्दतबाट साँगुरो ठाउँमा सहजै पार्किङ गर्न सकिन्छ।साथै यसमा पछिल्लो प्रविधिको 'एडास २.०' रहेको छ जसमा 'ट्राफिक जाम असिस्ट, लेन सेन्टरिङ कन्ट्रोल, फर्वाड कोलिजन वार्निंग' लगायत १९ वटा अत्याधुनिक सुरक्षाको फिचर छन्। 

दिपल एस-०५ मा सेग्मेन्टमै पहिलो पटक 'अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले' छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै 'विन्डशिल्ड'मा प्रोजेक्ट गर्छ। १४.४ इन्चको 'सनफ्लावर टचस्क्रिन'रहेको दिपल एस-०५ मा 'इन्टरनेट कनेक्टिभिटी' रहेको छ। जसको माध्यमबाट 'स्पटिफाइ, युट्युब, एमेजन म्युजिक र लाइभ नेभिगेसन' जस्ता फिचर छन्। 

दिपल एस-०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको 'गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०' दिइएको छ।जसको चार्जिङ साइकल ५ हजार ९६ लाख किलोमिटर० को लाइफस्पान छ। साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ। यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ।दिपल एस-०५ मा ६ किलोवाटको 'भिटुएल' मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ।

Laxmi sunrise bank

दिपल एस-०५ प्लस र म्याक्स गरी दुई भेरियन्टमा उपलब्ध छ। प्लस भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ तर यसको सुरुआती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।साथै, माथिल्लो भेरियन्ट म्याक्सको बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। हाललाई यसको सुरुआती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। 

दिपल एस-०५ 'मुनलाइट ह्वाइट', 'ग्यानिमेड ग्रे', 'दिप स्पेस ब्ल्याक', 'एन्ड्रोमेडा ब्लु' र 'मर्क्युरी सिल्भर' गरी ५ आकर्षक रंगमा उपलब्ध छ। साथै यसको इन्टेरियर 'ओरेन्ज' र 'ब्ल्याक' गरी दुई 'लेदेरेटेड कम्बिनेस' मा उपलब्ध छ।

प्रकाशित: Aug 15, 2025| 17:00 शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्