बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एशियन थाइ फुड्सको आईपीओ आउंदै निष्कासनका लागि हिमालयन सेक्युरिटिज नियुक्त

एशियन थाइ फुड्सको आईपीओ आउंदै निष्कासनका लागि हिमालयन सेक्युरिटिज नियुक्त

 |  बिहीबार, साउन २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं-नुडल्स र स्न्याक्स उत्पादन तथा निर्यातमा अग्रणी एशियन थाइ फुड्स लिमिटेडले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन 'आइपीओ' का लागि हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरेको छ।यस सम्बन्धी सम्झौतामा एशियन थाइ फुड्सका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकरका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा, निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटिजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थिति रहेको थियो।

यो सहकार्यले एशियन थाइ फुड्सलाई पुँजी बजारमा प्रवेश गर्न र आगामी विस्तार योजनालाई गति दिने अपेक्षा गरिएको छ। विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरूसहित कम्पनीले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ। रमपम, टु पीएम र प्रितीजस्ता लोकप्रिय ब्रान्डहरूले स्वाद र सुलभताका कारण बलियो बजार पहिचान बनाएका छन्।

प्रबन्ध निर्देशक महेश जाजुले भने, 'हिमालयन सेक्युरिटिज बैंकरसँगको साझेदारी हाम्रो विकास यात्रामा नयाँ र उत्साहजनक अध्याय हो। उहाँहरूको पुँजी बजारमा रहेको विशेषज्ञताले आईपीओ प्रक्रिया सहज बनाउनेछ र यसले हामीलाई नवप्रवर्तन तथा विश्वव्यापी बजार विस्तारमा थप लगानी गर्न मद्दत पुर्याउनेछ।'कम्पनीले आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँटसम्बन्धी जानकारी आगामी महिनामा सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: Aug 14, 2025| 10:43 बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्