मंगलबार, मंसिर २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  •  ४६ प्रतिशत बढ्यो एनएमबी बैंकको नाफा, कति देला लाभांश?

 ४६ प्रतिशत बढ्यो एनएमबी बैंकको नाफा, कति देला लाभांश?

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-एनएमबी बैंकको नाफा ४६ प्रतिशतले बढेको छ।बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा दुई अर्ब २४ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २८ करोड रूपैयाँ नाफा गरेको बैंकले खुद ब्याज आम्दानी,अन्य सञ्चालन आम्दानीमा बढ्दा नाफा बढेको हो।

बैंकले अघिल्लो पटकभन्दा कम प्रावधान राखेपछि पनि नाफा बढ्न सहयोग पुगेको हो। बैंकको खुद ब्याज आम्दानी ११.४ प्रतिशतले बढेर ८ अर्ब २ करोड रूपैयाँ पुगेको हो। बैंकको सञ्चालन मुनाफा पनि ६४.४६ प्रतिशतले बढेर ५ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ। बैंकको वितरण योग्य मुनाफा १ अर्ब ९० करोड रूपैयाँ छ। यसबाट बैंकले १०.४० प्रतिशत लाभांश दिन सक्ने भएको छ।
बैंकको खराब कर्जा ३.४० प्रतिशतबाट बढेर ३.७२ प्रतिशतमा सीमित भएको छ।

बैंकको प्रतिसेयर आम्दानी १७ रूपैयाँ ८७ पैसा छ। यसअघि यस्तो आम्दानी १२ रूपैयाँ २२ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ १७६ रूपैयाँ ८१ पैसा छ।

प्रकाशित: Aug 13, 2025| 11:04 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्