आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा एनआइसी एसिया बैंकका ग्राहकलाई विशेष छुट

माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा एनआइसी एसिया बैंकका ग्राहकलाई विशेष छुट

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

काठमाडौं-एनआइसी एसिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको छ।यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले यस रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन्।यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पासँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। 

प्रकाशित: Aug 13, 2025| 10:56 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्